काठमाडौं । अघिल्लो साताभर हरियाली रहेको शेयर बजार यो साता भने त्यस्तो हुन सकेन । सातामा शेयर बजार परिसूचक नेप्सेमा केही उतारचढाव देखिए पनि समग्रमा नेप्से बढेको छ ।
साताका पाँच कारोबार दिनमध्ये आइतबार, बुधबार र बिहीबार नेप्से बढेको थियो भने सोमबार र मंगलबार भने नेप्से घटेको थियो । आइतबार सामान्य अंकले बढेको नेप्सेमा सोमबार उच्च अंगकको गिरावट आएको थियो । मंगलबार पनि नेप्से घट्यो तर, सामान्य अंकले मात्र घट्यो सोमबारको जस्तो उच्च अंकको गिरावट देखिएन ।
साताको पहिलो कारोबार दिन सामान्य अंकले बढेको नेप्से बुधबार र बिहीबार भने उच्च अंकले बढेको छ । कारोबार रकम पनि पछिल्ला दिनहरूमा क्रमशः उकालो लागेको छ ।
हेर्नुस् यो सातामा भएको कारोबारको आधारमा नेप्सेको स्थितिः
कुन दिन कति अंकले बढ्यो नेप्से ?
कारोबार दिन |
वृद्धि अंक |
कतिमा पुग्यो नेप्से |
कारोबार कति भयो |
आइतबार (२२ असार) |
२.४० |
२७०६.३६ |
९ अर्ब ५० करोड |
सोमबार (२३ असार) |
-२३.३५ |
२६८४.०१ |
८ अर्ब ३७ करोड |
मंगलबार (२४ असार) |
-०.१४ |
२६८३.८६ |
६ अर्ब ५७ करोड |
बुधबार (२५ असार) |
२२.०४ |
२७०५.९० |
७ अर्ब ४५ करोड |
बिहीबार (२६ असार) |
२५.८९ |
२७३१.८० |
९ अर्ब ६८ करोड |
२०८२ असार २२ गते आइतबार
यो साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेर बन्द भएको थियो ।
उक्त दिन नेप्से बढे पनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने ०.६७ अंकले गिरावट आएर ४६३.७९ विन्दुमा पुगेर बन्द भएको थियो ।
सो दिन १३ मध्ये ७ समूहको सूचक बढ्दा ६ समूहको सूचक घटेको थियो । अन्य समूहको सूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको थियो भने विकास बैंक समूहको सूचक सबैभन्दा धेरै १.५३ अंकले घटेको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ८७ कम्पनीको शेयर मूल्य घटेको थियो भने १६२ कम्पनीको शेयर मूल्य बढेको थियो । नेप्सेका अनुसार आइतबार २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँको कारोबार भएको थियो ।
२०८२ असार २३ गते सोमबार
आइतबार झिनो अंकले बढेको शेयर बजार सोमबार भने दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से २३.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.१३ अंकले घटेर ४५९.६६ विन्दुमा पुगेर बन्द भएको छ ।
दोहोरो अंकले बजार घट्दा १३ मध्ये २ समूहको सूचक बढ्दा अरु सबै समूहको सूचक घटेको थियो । सो दिन होटल एन्ड टुरीजम ०.६१ प्रतिशत र म्युचुअल फण्ड समूहको सूचक ०.०७ अंकले बढ्दा सबैभन्दा बढी फाइनान्स समूहको सूचक ३.७६ अंकले घटेको थियो ।
सोमबार कारोबारमा आउकामध्ये ३९ कम्पनीका लगानिकर्ताले कमाउँदा २०९ कम्पनीका लगानीकर्ताले गुमाएका थिए ।
नेप्सेका अनुसा उक्त दिन १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर किनबेच भएको थियो । जसमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ रुपैयाँको किनबेच भयो ।
२०८२ असार २४ गते मंगलबार
मंगलबार कारोबारमा आएकामध्ये १३३ कम्पनीको शेयर मूल्य बढे पनि नेप्सेमा गिरावट आएको थियो । सो दिन ११५ कम्पनीको शेयर मूल्य घट्दा शेयर बजार परिसूचक नेप्से ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्से घटे पनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सामन्य अंकले बढेको थियो । आज सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले बढेर ४५९.७० अंकमा पुगेर बन्द भएको थियो ।
मंगलबार ६ समूहको सूचक घट्दा ७ समूहको सूचक बढेको थियो । सो दिन फाइनान्स समूहको सूचक १.२५ अंकले बढ्दा अन्य समूहको सूचक ०.७७ अंकले घटेको थियो ।
मंगलबार १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ असार २५ गते बुधबार
अघिल्लो साताभर बढेको शेयर बजार सोमबार र मंगलबार लगातार दुई दिन करेक्सन देखिएकोमा बुधबार भने दोहोरो अंकले बढेको थियो ।
सो दिन शेयर बजार परिसूचक नेप्से २२.०४ अंकले बढेर २७०५.९० अंकमा पुगेर बन्द भएको थियो । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.७६ अंकले बढेर ४६४.४७ विन्दुमा पुगेर बन्द भएको थियो ।
दोहोरो अंकले बजार बढ्दा १३ मध्ये ११ समूहको सूचक बढेको छ भने फाइनान्स समूहको ०.३८ र म्युचुअल फण्डको सूचक ०.०१ प्रतिशतले घटेको थियो । बुधबार बैंकिङ समूहको सूचक सर्वाधिक १.६८ अंकले बढेको थियो ।
नेप्सेका अनुसार बुधबार कारोबारमा आएकामध्ये १९९ कम्पनीका लगानीकर्ताले कमाएका थिए भने ४९ कम्पनीका लगानीकर्ताले गुमाएका थिए ।
बुधबार कुल १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर किनबेच भएकोमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार ६ अर्ब ५७ करोडको कारोबार भएकोमा बुधबार कारोबारमा वृद्धि देखिएको हो । त्यस्तै मंगलबार बजार ०.१४ अंकले र सोमबार २३.३५ अंकले घटेकोमा आज दोहोरो अंकको बढोत्तरी देखिएको थियो ।
२०८२ असार २६ गते बिहीबार
बिहीबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि देखिएको छ । सो दिन नेप्से २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.५५ अंकले बढेर ४७२.०२ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्सेमा दोहोरो अंकको बढोत्तरी देखिँदा १३ मध्ये ११ समूहको सूचक बढेका थिए । सो दिन हइड्रोपावर ०.२२ र ट्रेडिङ समूह ०.५३ प्रतिशतले घट्नेबाहेक अन्य सबै समूहको सूचक बढेको थियो । बिहीबार बैंकिङ समूहको सूचक सर्वाधिक ३.०२ प्रतिशतले बढेको थियो ।
नेप्सेका अनुसार बिहीबार कारोबारमा आएकामध्ये १६१ कम्पनीका लगानीकर्ताले कमाएका थिए भने ८७ कम्पनीका लगानीकर्ताले गुमाए ।
बिहीबार यो साताकै सबैभन्दा उच्च कारोबार भएको थियो । नेप्सेका अनुसार बिहीबार २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो कारोबार रकम साताकै उच्च हो । आईतबार ९ अर्ब ५० करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ६ अर्ब ५७ करोड र बुधबार ७ अर्ब ४५ करोड कारोबार भएकोमा बिहीबार ९ अर्ब ६८ करोड कारोबार भएको थियो ।
सो दिन माइखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी घटेको छ ।
२०८२ असार १५ देखि २०८२ असार १९ सम्मको शेयर बजारको साप्ताहिक कारोबार थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।