काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुगेर बन्द भएको हो ।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले घटेर ४९८.०३ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज १३ मध्ये पाँच समूहको सूचक बढ्दा अन्य समूहको सूचक घटेको छ । आज अन्य समूहको सूचक सबैभन्दा धेरै ३.३६ प्रतिशतले बढ्दा फाइनान्स समूहको सूचक २.२६ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये १०५ कम्पनीको शेयरमूल्य बढ्दा १४४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । नेप्सेका अनुसार ३१६ कम्पनीको शेयर किनबेच हुँदा ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर किनबेच भएको थियो । जसमा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँको कारोबार भएको थियो ।
आज उन्नति सहकार्य लघुवित्त र सानभी इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रो तथा विन्ध्यावासिनी हाइड्रोको शेयरमूल्य पनि सर्किट लेभलमा बढेको छ ।
त्यस्तै समृद्धि फाइनान्स, १२ प्रतिशत गुडविल फाइनान्स डिबेन्चर २०८३ को शेयरमूल्य सबैभन्दा बढी घटेको छ ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।