काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्नुलाई निकै ठूलो उपलब्धिका रूपमा लिइन्छ । जसका कारण शतक प्रहार गर्ने ब्याटरहरूको चर्चा हुने गरेको छ । शतक लगाउनु सामान्य विषय भने होइन । निकै सम्हालिएर खेलेमा मात्र ब्याटरहरू शतक लगाउन सक्षम हुन्छन् ।
बलहरूको लक्ष्य भने ब्याटरहरूलाई आउट गर्नु हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ रनमा आउट हुँदा ब्याटरहरू दुःखी हुने गर्दछन् ।
ब्याटरहरूलाई ९९ रनको स्कोरमा सबैभन्दा धेरैपटक आउट गर्ने बलर को हुन् तपाईंलाई थाहा छ ?
ती बलर हुन् भारतीय मूलका क्यारेबियन बलर रवि रामपाल । उनी विश्वका एक मात्र त्यस्ता बलर हुन् जसले ब्याटरलाई ९९ रनको स्कोरमा सबभन्दा बढीपटक आउट गरेका छन् । उनले ४ पटक यस्तो कार्य गरेका छन् ।
उनले सन् २०१२ मा टी-२० आईमा इङ्ल्यान्डका विस्फोटक ब्याटर एलेक्स हेल्सलाई ९९ रनको स्कोरमा आउट गरेका थिए ।
त्यस्तै उनले नोभेम्बर २०१३ देखि नोभेम्बर २०१५ सम्मको अवधिमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहली, कुशल परेर र जोस बटलरलाई ९९ रनको स्कोरमा आउट गरेका थिए ।
यसबाहेकका अन्य बलरहरूले ब्याटरलाई ९९ रनको स्कोरमा बढीमा २ पटकसम्म आउट गरेका छन् । त्यसो गर्ने बलरहरूमा एलन डोनाल्ड, मदन लाल, रविन्द्र पुष्पकुमारा, विरेन्द्र सहवाग तथा फिल टफनेलको नाम रहेको छ ।
रवि रामपालले वेस्टइन्डिजका लागि १८ टेस्ट म्याच खेलेका थिए । जसमा उनले ४९ विकेट लिएका थिए । त्यस्तै उनले ९२ एकदिवसीय अन्तर्राष्ट्रियमा ११७ तथा २७ टी २० इन्टरनेशनलमा ३१ विकेट लिएका थिए ।
उनी स्वीङ बलरको रूपमा चर्चित थिए । ४ नोभेम्बर सन् २०२१ मा श्रीलंकाविरुद्ध उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।