काठमाडौं । रेडमीले नेपाली बजारमा बजेटमैत्री स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले रेडमी ए५ (REDMI A5) नामक स्मार्ट फोन सार्वजनिक गरेको हो ।
यो फोनमा ६.८८ इन्चको डिस्प्ले रहेको छ भने ३२ मेगापिक्सेलको एआई ड्युअल क्यामेरा दिइएको छ ।
बजेट मूल्यमा उपलब्ध भए पनि कम्पनीले ५२०० एमएएचको ब्याट्री दिएको छ । जुन यो मूल्यको फोनमा राम्रो हो ।

त्यस्तै कम्पनीले १५ वाटको फास्ट चार्जर पनि बक्समा उपलब्ध गराउँछ ।
कम्पनीले यो फोनमा सुरक्षाका लागि फिङ्गरप्रिन्ट र फेस अनलकको फिचरसमेत दिएको छ । ओक्टा कोर प्रोसेसर दिइएको यो स्मार्ट फोनमा ३२ मेगापिक्सेलको सुपर क्लियर इमेज एआई अलराउन्ड ड्युअल क्यामेरा रहेको कम्पनीले जनाएको छ ।
फोनले एक्स्ट्राअर्डिनरी नाइट फोटोग्राफी तथा क्लियर एन्ड ब्युटिफुल इमेज दिने कम्पनीको दाबी छ । त्यस्तै यसमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

यो स्मार्ट फोनको लुक्स पनि राम्रै रहेको छ भने ८.२६ एमएम थिकनेस र १९३ ग्राम तौल रहेको कम्पनीले जनाएको छ ।
यो स्मार्टफोन ३ जीबी र ६४ जीबी तथा ४ जीबी तथा १२८ जीबी गरी दुईवटा भेरियन्टमा कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको छ ।
जसअनुसार ३ जीबी/६४ जीबी भेरियन्टको मूल्य १०,९९९ रुपैयाँ र ४ जीबी/६४ जीबी भेरियन्टको मूल्य ११,९९९ रुपैयाँ तोकिएको छ ।
