काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि खेलाडीहरूको अक्सन सम्पन्न भएको छ । शनिबार भएको उक्त अक्सनसँगै कुन टिम बलियो र कुन टिम तुलनात्मक रूपमा कमजोर देखिए भन्ने टिप्पणी हुन थालेको छ ।
हुनतः अहिलेको विश्लेषणमा कुनै पनि टिम कागजी रूपमा बलियो र कमजोर देखिएका हुन् । वास्तविकता त मैदानमा खेलाडीहरूले गर्ने प्रदर्शन अनि टिमले बनाउने रणनीतिमा निर्भर गर्दछ । यसका साथै टिमहरूले भित्र्याउने विदेशी खेलाडीहरूले पनि यसलाई धेरै हदसम्म फरक पार्नेछ ।
अहिले हामी कुन टिममा कुन-कुन खेलाडी आबद्ध भए, अनि कस्तो बन्यो प्लेइङ ११ भन्ने विषयमा चर्चा गर्नेछौँ ।
विराटनगर किङ्स
विराटनगर किङ्सले पहिलो सिजनमा औसत प्रदर्शन गरेको थियो । यो टिम एनपीएलको पहिलो सिजनमा छैटौँ स्थानमा रहेको थियो ।
विराटनगरले मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी गरी ६ खेलाडीलाई रिटेन गरेको थियो ।
अक्सनबाट विराटनगर किङ्सले सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई टिममा भित्र्याएको छ ।
जनकपुर बोल्ट्स
पहिलो सिजनको च्याम्पियन्स जनकपुर बोल्ट्सले यो सिजनमा कस्तो टिम बनाउला भन्ने धेरैको उत्सुकता थियो । जनकपुरले कप्तान अनिल साह र मार्की प्लेयर आशिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको थियो ।
जनकपुरले शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई रिटेन गरेको थियो ।
अक्सनबाट जनकपुरले सचिन भट्ट, आदित्य महता, मयन यादव र बिकाश आग्रीलाई टिममा भित्र्याएको छ ।
चितवन राइनोज
चितवन राइनोजले दोस्रो सिजनका लागि ६ जना खेलाडीलाई रिटेन गरेको थियो । मार्की खेलाडी तथा कप्तान कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई चितवनले रिटेन गरेको थियो ।
अक्सनबाट चितवनले देव खनाल, अर्जुन साउद, बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई टिममा भित्र्याएको छ ।
काठमाण्डु गोर्खाज
काठमाडौं गोर्खाजले पनि दोस्रो सिजनका लागि ६ जना खेलाडीलाई रिटेन गरेको छ । काठमाण्डुले मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको थियो ।
अक्सनबाट काठमाडौंले उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलमलाई टिममा भित्र्याएको छ ।
पोखरा एभेन्जर्स
पहिलो सिजनमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि पोखराले दोस्रो सिजनका लागि ७ जना खेलाडी रिटेन गरेको छ । पोखराले मार्की कुशल भुर्तेलसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई रिटेन गरेको थियो ।
पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्रीलाई टिममा भित्र्याएको छ ।
लुम्बिनी लायन्स
लुम्बिनीले पहिलो सिजनमा निराशाजनक प्रदर्शन गरेको थियो । दोस्रो सिजनका लागि लुम्बिनीले मार्की तथा कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरेको थियो ।
लुम्बिनीले दोस्रो सिजनका लागि पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको थियो । लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता र आदिल खानलाई टिममा भित्र्याएको छ ।
कर्णाली याक्स
अघिल्लो सिजनमा भारतका शिखर धवन भित्र्याएर चर्चा कमाएको कर्णालीले दोस्रो सिजनका लागि ७ जना खेलाडी रिटेन गरेको थियो । कर्णालीबाट मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरीलाई रिटेन गरिसकेको थियो ।
अक्सनबाट कर्णालीले पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्रीलाई टिममा भित्र्याएको छ ।
सुदूरपश्चिम रोयल्स
अघिल्लो सिजनमा दबदबापूर्ण प्रदर्शन गरे पनि सुदूरपश्चिम उपाधि जित्नबाट भने चुकेको थियो । यो सिजनमा सुदूरपश्चिमले मार्की तथा कप्तान दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो ।
अक्सनबाट सुदूरपश्चिमले हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दिपक बोहरा र मिलन बोहरालाई टिममा भित्र्याएको छ ।