काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिन पाउने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३० गतेदेखि सर्वसाधारणहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो ।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्कासन गरेको हो । जसमा आजसम्म आवेदन दिन पाइने समय रहेको छ ।
कम्पनीका अनुसार सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ । उनीहरूलाई उक्त शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
धितोपत्र बोर्डबाट लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
त्यसमध्ये १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
त्यस्तै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।