काठमाडौं । आगामी तिहारका लागि काठमाडौं महानगरपालिकाले ३२ ठाउँमा फूलमाला बिक्री स्थल तोकेको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरणमा रोक लगाउँदै महानगरका ३२ ठाउँमा नेपाली किसानले उत्पादन गरेका फूलमालाको बिक्री स्थल निर्धारण गरिएको जानकारी दिएका हुन् ।
स्थानीय उत्पादनलाई प्रोत्साहन र आयातित वस्तुको निरुत्साहनका लागि यस्तो कदम चालिएको उनको भनाइ छ ।
‘अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्ने तयारी गरिएको छ । नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर तथा बजार क्षेत्रको अनुगमन पनि गरिनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो चाहना वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरून् र उपभोक्ताले स्वदेशी फूलमै गर्व महसुस गर्न सकून् भन्ने हो ।’
नेपाल अहिले सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको भन्दै मेयर बालेनले यो तिहारमा स्वदेशी फूलको मात्रै प्रयोग गर्न पनि आग्रह गरेका छन् । ‘आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो,’ बालेनले भनेका छन् ।
यी हुन् फूलमाला बिक्रीका लागि महानगरले तोकेका ३२ स्थान
एन.भी.सेन्टर – नयाँ बानेश्वर, बिग मार्ट – शंखमूल, आइ प्लेक्स मल – नयाँ बानेश्वर, सेल्सबेरी – मध्यबानेश्वर, फोनेक्स टावर – बत्तीसपुतली, तिनकुने चौर – तिनकुने, सिफल चौर – सिफल, एसी कम्प्लेक्स – चाबहिल, चाबहिल गणेशस्थान तरकारी बजार – चाबहिल, के.एल.टावर पूर्व – चाबहिल, चाबहिल सेन्टर अगाडि – चाबहिल, धर्म चक्र पार्क – स्वयम्भू, कालिमाटी ब्याङ्क्वेट – कालिमाटी, द्यौखेल – कालिमाटी भाटभटेनी – कलङ्की, भ्याली कोल्ड स्टोर – नयाँ बजार, बुद्ध महल – माछापोखरी गुणस्तर खाल्डो – माछापोखरी, वडा ५ अगाडिको डबली – हाँडीगाउँ गणेश मन्दिर डबली – हाँडीगाउँ, कोइराला स्मार्ट – सामाखुशी, वडा २६ सेल्सबेरी – महाराजगञ्ज, बिग मार्ट – गङ्गबु, बिग मार्ट – चपलकारखाना, बिग मार्ट – बालुवाटार, आइटी भवन – कमलादी, वडा २८, स्टार मल – पुतलीसडक, वडा २८, भाटभटेनी – अनामनगर, वडा ९, टेवाल मन्दिर – सुन्धारा, काठमाडौँ महल – सुन्धारा, वडा कार्यालय निर्माण स्थल – अद्धेतमार्ग, वडा २८, बजरा कम्प्लेक्स (न्यू प्लाजा) – गुडमार्ट