काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहारको मौसमबारेमा जानकारी दिएको छ । महाशाखाले समग्र तिहारमा नेपालभरको मौसम कस्तो रहनेछ त्यसको जानकारी दिएको हो ।
महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली सम्म हुन सक्ने तथा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू-भागमा हल्का वर्षा/हिमपात को समेत सम्भावना रहेको छ ।
कात्तिक ३ गते (लक्ष्मी पुजा) मा देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कात्तिक ४ गते (औँसी): देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कात्तिक ५ गते (गोवर्धन पूजा ): देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।
कात्तिक ६ गते (भाई टिका): कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।