काठमाडौं । स्वामी चैतन्यानन्द सरस्वती उर्फ पार्थ सारथीविरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ ।
उनीमाथि दर्जनौँ छात्रााहरूले यौन दुर्व्यवहार र ठगीको मामिलामा दिल्ली प्रहरीमा मुद्दा दर्ता गराएका बीबीसी हिन्दीले समाचार प्रकाशित गरेको छ ।
स्वामी चैतन्यानन्द सरस्वतीको म्यानेजमेन्ट इन्स्टिच्युटका धेरै छात्राहरूले उनीमाथि यौन शोषणको मुद्दा दर्ता गराएका समाचारमा जनाइएको छ ।
चार अगस्टको दिन दिल्लीको वसन्त कुञ्ज नर्थ पुलिस स्टेशनमा यो मामिला दर्ता गरिएको थियो ।
समाचार एजेन्सी पीटीआईलाई एडीशनल डीसीपी ऐश्वर्या सिंहले भनिन्, 'श्री शारदा इन्स्टिच्युट अफ इन्डियन म्यानेजमेन्टका प्रबन्धक (मेनेजर) विरुद्ध यौन दुर्व्यवहारका आरोप लागेका थिए । अनुसन्धान जारी छ र हामीले सम्बन्धित दफाहरूमा मुद्दा दर्ता गरेका छौँ । छात्रााहरूको बयान लिइँदै छ।'
इन्स्टिच्युटको बेसमेन्ट (तल्लो तल्ला) बाट एउटा भोल्भो कार बरामद भएको र त्यसमा संयुक्त राष्ट्र संघको नीलो डिप्लोमेटिक नम्बर प्लेट लगाइएको पाइएको सिंहले बताइन् । यस सम्बन्धमा ठगीको एक छुट्टै मामिला दर्ता गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार, आरोप लगाउने छात्रााहरू उक्त इन्स्टिच्युटमा ईडब्ल्यूएस (आर्थिक रूपमा कमजोर वर्ग) कोटामार्फत प्राप्त हुने छात्रवृत्ति (स्कलरशिप) अन्तर्गत पीजीडीएम कोर्स गरिरहेका थिए ।
यसैबीच, बिहीबार दिल्ली प्रहरीको एक टोली इन्स्टिच्युट पुगेको छ । प्रहरीले स्वामी चैतन्यानन्दलाई खोजिरहेको छ ।