काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँग रुष्ट देखिएका छन् । जसका कारण उनले चीनमा उत्पादित सामानहरूमा पुन भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले यही नोभेम्बर १ देखि चीनबाट हुने आयातमा १०० प्रतिशत अतिरिक्त ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो 'ट्रुथ सोसल' (Truth Social) को एक पोस्टमा अमेरिकाले आवश्यक सफ्टवेयरको निर्यातलाई पनि नियन्त्रण गर्ने बताएका छन् ।
यस हप्ता चीनले रेयर अर्थ (Rare Earth) को निर्यातमा नियन्त्रण कडाइ गरेको छ । यस विषयमा ट्रम्पले शुक्रबार चीनमाथि 'अत्यन्त शत्रुतापूर्ण' व्यवहार अपनाएको र विश्वलाई 'आफ्नो वशमा' गर्ने प्रयास गरेको आरोप लगाएका थिए ।
ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको आफ्नो भेटघाटबाट पछि हट्ने धम्की दिए । यद्यपि, पछि ट्रम्पले भने कि उनले यसलाई रद्द गरेका छैनन् ।
ट्रम्पको टिप्पणीपछि शेयर बजारहरूमा गिरावट आएको छ ।
विश्वको लगभग ९० प्रतिशत रेयर अर्थको प्रशोधन चीनमा हुन्छ, जसको प्रयोग सौर्य प्यानलदेखि स्मार्टफोनसम्ममा हुन्छ ।
रेयर अर्थ मिनरल्स १७ धातु तत्त्वहरूको समूह हो, जुन धेरै हाई-टेक उत्पादनहरूका लागि अनिवार्य हुन्छन् ।
बीबीसीबाट ।