काठमाडौं । यो साता शेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य वृद्धि देखिएको छ । साताको पाँच कारोबार दिनमध्ये असार ३० गते सोमबार नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा अन्य सबै दिन बढेको थियो ।
आइतबार २९ अंकले नेप्से बढ्दा ११ अर्ब ४१ करोडभन्दा बढीको कारोबार भएको थियो । त्यस्तै सोमबार ३५.०९ अंकले नेप्सेमा गिरावट आउँदा कारोबार रकम पनि घटेर ८ अर्ब १७ करोड पुगेको थियो । त्यस्तै मंगलबार ३४.४६ अंकले नेप्से बढ्दा ९ अर्ब ४१ करोडको कारोबार भयो भने बुधबार ३४.६१ अंकले नेप्से बढ्दा १४ अर्ब ३ करोडको कारोबार भएको थियो । त्यस्तै बिहीबार ७५.८४ अंकले नेप्से बढ्दा १६ अर्ब ५९ करोडको कारोबार भएको थियो ।
यसरी हेर्दा यो साता समग्रमा नेप्सेमा १३८.८२ अंकको बढोत्तरी देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि नेप्सेका पाँच कारोबार दिनमध्ये सोमबार मात्र नेप्से बढेको छ ।
कारोबार दिन |
वृद्धि अंक |
कतिमा पुग्यो नेप्से |
कारोबार कति भयो |
आइतबार (२९ असार) |
२९.०० |
२७६०.८० |
११ अर्ब ४१ करोड |
सोमबार (३० असार) |
-३५.०९ |
२७२५.७१ |
८ अर्ब १७ करोड |
मंगलबार (३१ असार) |
३४.४६ |
२७६०.१७ |
९ अर्ब ४१ करोड |
बुधबार (३२ असार) |
३४.६१ |
२७९४.७८ |
१४ अर्ब ३ करोड |
बिहीबार (१ साउन) |
७५.८४ |
२८७०.६३ |
१६ अर्ब ५९ करोड |
२०८२ असार २९ गते आइतबार
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको थियो । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिनमा नेप्सेले सकारात्मक संकेत गरेको हो ।
सो दिन शेयर बजार परिसूचक नेप्से २९.०० अंकले बढेर २७६०.८० विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेर ४८१.१९ विन्दुमा पुगेर बन्द भएको थियो ।
आइतबार १३ मध्ये ५ समूहको सूचक घट्दा ८ समूहको सूचक बढेको थियो । हाइड्रोपावर समूहको सूचक सबैभन्दा बढी ०.८३ प्रतिशतले घटेको थियो । सो दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३.५० प्रतिशतले बढ्दा बैंकिङ समूहको सूचक ३.३७ अंकले बढेको थियो ।
नेप्सेका अनुसार आइतबार ३११ कम्पनीको शेयर कारोबार भएकोमा १५८ कम्पनीको शेयर मूल्य बढेको थियो । त्यस्तै ९० कम्पनीको शेयर मूल्य भने घटेको थियो । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार ९ अर्ब ६८ करोडको कारोबार भएको थियो । आइतबार ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको कारोबार भएको छ ।
आइतबार एनआईसी एसिया बैंक, खानीखोला हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो । त्यस्तै जीवन विकास लघुवित्तको शेयर मूल्य पनि ९.६१ प्रतिशतले बढेको थियो । त्यस्तै हिमालय हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन तथा भगवती हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी घटेको थियो ।
आइतबार एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको तियो ।
२०८२ असार ३० गते सोमबार
आइतबार दोहोरो अंकले बढेको नेप्से सोमबार उच्च अंकले घटेको थियो । सो दिन नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८३ अंकले घटेर ४७४.३५ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्से घटेसँगै १३ मध्ये हाइड्रोपावर समूहको सूचक ०.१६ प्रतिशतले बढेको थियो भने अन्य सबै समूहको सूचक राताम्मे बनेको छ । सो दिन बैंकिङ समूहको सूचकमा २.४६ प्रतिशतको गिरावट आएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १९८ कम्पनीको शेयर मूल्य घटेको थियो भने ५० कम्पनीको शेयर मूल्य बढेको थियो । उक्त दिन कुल २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँको कारोबार भएको थियो ।
२०८२ असार ३१ गते मंगलबार
मंगलबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि देखिएको थियो । कारोबारमा आएकामध्ये २०९ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.०४ अंकले बढेर ४८१.४० विन्दुमा पुगेर बन्द भएको थियो । मंगलबार १३ मध्ये १२ समूहको सूचक बढ्दा म्युचुअल फण्डको सूचक भने यथावत रह्यो ।
सो दिन बैंकिङ समूह सर्वाधिक १.८१ प्रतिशतले बढ्दा विकास बैंक, फाइनान्स, हाइड्रो, लगानी र माइक्रोफाइनान्स समूहको सूचक उल्लेख्य बढेको छ ।
नेप्सेका अनुसार मंगलबार २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँको कारोबार भएको थियो ।
२०८२ असार ३२ गते बुधबार
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को अंकमा कायम भएको छ ।
सो दिन ३३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिद-बिक्री हुँदा १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँबराबरको कारोबार भएको थियो ।
व्यापार समूह ०.१८ प्रतिशतले घटेको थियो भने अरु सबै समूहको उपसूचक बढेको थियो । सबैभन्दा धेरै विकास बैंक समूह ३.८६ प्रतिशतले बढेको थियो । बैंकिङ १.५९, वित्त ०.७५, होटल तथा पर्यटन ०.५९, जलविद्युत् १.२८ र लगानी ०.५२ प्रतिशतले बढेको थियो ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.८५, म्युचुअल फन्ड १.५८, निर्जीवन बिमा १.८५ र अन्य समूह ०.३३ प्रतिशतले बढेको थियो । बुधबारको कारोबारका १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ वटाको घटेको थियो ।
केबीएल डिबेन्चर-२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको थियो । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.८७ प्रतिशतले घटेको थियो ।
२०८२ असार ३२ गते बिहीबार
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको बढोत्तरी देखिएको छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ अंकमा पुगेर बन्द भएको थियो ।
नेप्सेमा उच्च अंकको वृद्धि आएसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.२२ अंकले बढेर ५००.४९ बिन्दुमा पुगेर बन्द भएको थियो । बिहीबार सबै १३ वटै समूहको सूचक बढ्दा अन्य समूहको सूचक सर्वाधिक ५.०९ प्रतिशतले बढेको थियो । त्यस्तै हाइड्रोपावर, इन्भेस्टमेन्ट र जीवन बीमा समूहको सूचक पनि ३ प्रतिशतभन्दा बढीले बढेको थियो ।
उच्च अंकले नेप्से बढ्दा २३९ कम्पनीको शेयर मूल्य बढेको थियो भने ९ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको थियो ।
बिहीबार कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार १४ अर्ब ३ करोड बराबरको कारोबार भएको थियो । बिहीबार भने ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँको कारोबार भएको थियो ।