काठमाडौं । आज हामी तपाईंलाई अफ्रिकाको एक प्रेरक कथा प्रस्तुत गर्दै छौँ । जसले तपाईंको जीवनमा उत्प्रेरणा ल्याउन मद्दत गर्नेछ ।
अफ्रिका महादेशमा हिराका खानीहरूको खोजी भइरहेको थियो । जुन ठाउँमा बढी मात्रामा हिरा भेटिएको थियो सोही नजिकै एकउटा गाउँ थियो । उक्त गाउँमा एक किसान बस्थे ।
ती किसानले हिराको खानीको खोजी गरेर अथाह पैसा कमाउनेहरूको कथा अरुलाई सुनाउँथे । अनि ती किसान पनि उनीहरू जस्तै हुने चाहना राख्थे ।
उनले हिराको खानी खोजी गरेर सम्पन्न हुने लक्ष्यका साथ आफ्नो खेत बेचिदिए । उनी खेत बेचेर हिराको खानीको खोजीमा निक्लिए ।
हिराको खानीको खोजीमा उनी अफ्रिकाका लगभग हरेक ठाउँमा गए तर उनले हिराको खानी फेला पार्न सकेनन् । जसका कारण उनको मनोबल गिर्न थाल्यो । उनी निराश भए ।
यता अर्का किसान जसले उनको खेत किनेका थिए उनी खेतमा काम गर्न थाले । एकदिन उनी खेतको छेउबाट बग्ने नदीमा गए । अचानक यस नदीमा सप्तरङ्गी प्रकाश देखे ।
उनले ध्यान दिएर हेर्दा नदीको किनारामा एक पत्थर भेट्टाए । सूर्यको किरण त्यहीँ पत्थरको कारण चम्केको उनले अनुमान गरे । किसानले त्यो पत्थर घर लिएर आए ।
यस्तै प्रेरक प्रसंगका सामग्रीहरू पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस् ।
एक दिन उनको घरमा उनका साथी आए । साथीलाई उनले पत्थर देखाए । उक्त पत्थर देखेपछि ती मित्रले भने- तिमीलाई थाहा छ यो कति बहुमूल्य छ भनेर ?
खेत किन्ने किसानले अनविज्ञता प्रकट गरे । अनि उनका साथीले त्यो पत्थर हिरा हुन सक्ने बताए । अनी उनले आफ्ना मित्रलाई नदीमा यस्ता अरु पनि पत्थर रहेको कुरा सुनाए ।
उनीहरू खेतमा गए । र त्यहाँबाट त्यस्ता अरु पनि पत्थर संकलन गरेर आए । जब उक्त पत्थरको जाँच भयो त्यसपछि पत्ता लाग्यो त्यो हिरा हो भनेर ।
अनि उनले किनेको खेतमा हिराको खानी भएको कुरा पत्ता लाग्यो । जसका कारण ती किसान धनवान भए । उता खेत बेचेर हिरा खोज्न हिँडेका किसान भने निराश बने ।
यो कथाले हामीलाई आफूसँग भएका स्रोत साधन र अवसर चिन्न सक्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यसलाई चिन्न सकेको खण्डमा जीवनमा सफलता मिल्छ । आफूसँग भएका स्रोतसाधनलाई नजरअन्दाज गरेर त्यसको उपयोग गर्न नसके सफल हुन मुस्किल हुन्छ ।
यस्तै प्रेरक प्रसंगका सामग्रीहरू पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस् ।